अभियान लघुवित्तद्वारा फिल्ड कर्मचारीलाई सम्पत्ति शुद्धीकरण तथा जोखिम व्यवस्थापन तालिमhttps://www.facebook.com/share/p/1E4g24HuSX/
अभियान लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा जोखिम व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ ।
संस्थाले पूर्व, मध्य र पश्चिम क्षेत्रअन्तर्गतका फिल्ड कर्मचारीहरूलाई लक्षित गर्दै तालिम आयोजना गरेको हो । पूर्वक्षेत्रको अनुगमन कार्यालय दमक र झुम्का अन्तर्गतका कर्मचारीलाई यही फागुन १ गते इटहरी (सुनसरी)मा, मध्यक्षेत्रको अनुगमन कार्यालय रुपनी र ढल्केवर अन्तर्गतका कर्मचारीलाई यही फागुन ३ गते बर्दिवास (महोत्तरी)मा र पश्चिमक्षेत्रको अनुगमन कार्यालय भुरीगाउँ अन्तर्गतका कर्मचारीलाई यही फागुन ६ गते घोडाघोडी (कैलाली) मा तालिम सञ्चालन गरिएको संस्थाले जानकारी दिएको छ ।
तालिममा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी रोकथामसम्बन्धी प्रचलित कानुनी व्यवस्था, जोखिम पहिचान तथा न्यूनीकरणका उपाय, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरणलगायत विषयमा सहजीकरण गरिएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, मुख्य प्रबन्धक कृष्णबहादुर खड्का तथा कर्जा लगानी तथा असुली विभाग प्रमुख विराटपति नाथ गच्छदारले गरेका थिए ।