काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम र आर्थिक वर्ष २०८२/०८३ को पहिलो अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ ।

संस्थाले माघ ११ र १२ गते धुलिखेलमा सबै अनुगमन तथा शाखा प्रमुखको सहभागितामा कार्यक्रम आयोजना गरेको हो । गोष्ठी वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालको अध्यक्षतामा तथा सञ्चालक समिति अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सञ्चालक समिति सदस्य भोजराज भट्टराई र किशोरकुमार भट्टराईको पनि उपस्थिति थियो ।

कार्यक्रमको पहिलो दिन सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम सञ्चालन गरिएको थियो । दोस्रो दिन आर्थिक वर्ष २०८२/०८३ को पहिलो अर्धवार्षिक अवधिसम्मको प्रगति समीक्षा, बजेट कार्यान्वयनमा देखिएका समस्या, ती समस्याका समाधानका उपाय तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।

कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, नायब प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने, मुख्य प्रबन्धक कृष्णबहादुर खड्का, कर्जा लगानी तथा असुली विभाग प्रमुख विराटपति नाथ गच्छदार, अनुगमन विभाग प्रमुख टोपबहादुर थापा, सूचना प्रविधि विभाग प्रमुख मनिष श्रेष्ठ तथा आन्तरिक लेखापरीक्षण विभाग प्रमुख इन्द्रप्रसाद पाण्डेले विभागीय प्रस्तुतिसहित कार्यक्रमको सहजीकरण गरेका थिए । अभियान लघुवित्तको सम्पत्ति शुद्धीकरण निवारण तालिम र अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न