काठमाडौं– अभियान लघुवित्त वित्तीय संस्थाले एक दिने केन्द्र तथा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ । वित्तीय संस्थाले मध्यक्षेत्र अन्तर्गत अनुगमन रुपनी र ढल्केवर अन्तर्गत रहेका कार्यालयका फिल्ड कर्मचारीहरुसँग २०८२ बैशाख १८ गते विहीवार वर्दिवासमा र पुर्वक्षेत्र अन्तर्गत अनुगमन दमक र झुम्का अन्तर्गत रहेका कार्यालयका फिल्ड कर्मचारीहरुसँग २०८२ बैशाख २० गते शनिवार इटहरीमा सम्पन्न गरेको हो ।

कार्यक्रम वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तेजेन्द्र शर्मा लम्सालको अध्यक्षता तथा वित्तीय संस्थाका अध्यक्ष बाबुराम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्र बैठकको गुणस्तर सुधार गरी केन्द्र व्यवस्थापन गर्ने र कर्जा जोखिम व्यवस्थापन गर्दै नयाँ व्यवसाय वृद्धि गर्ने विषयमा केन्द्रीत रहेको थियो ।

 

कार्यक्रमको सहजिकरण वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्साल, मुख्य प्रबन्धक कृष्ण बहादुर खड्का र कर्जा लगानी तथा असुली विभागका प्रमुख विराट पति नाथ गच्छदारले गरेका थिए ।https://bankingsamachar.com/news/94411/?fbclid=IwY2xjawN6uBZleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZBAyMjIwMzkxNzg4MjAwODkyAAEehr-ljropLPTLQskO5RKeCEZWA-ashQFZa39_p7dOL44KKAFHYAkzK7AWQRY_aem_pICwsrxbC-J3_rM8hN1T4A&brid=hclkMqryu9FKJTDBvuTvTg