काठमाडौं, ८ चैत । विश्व वित्तीय सप्ताह (ग्लोबल मनि विक) को अवसमार अभियान लघुवित्तले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । संस्थाको बर्दियाको अमरावती शाखाको आयोजनामा मंगलबार जानकी गाउँपालिका वडा नम्बर ९ खैरीफाटको अरुणोदय माध्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा वित्तीय साक्षरता कार्यक्रम केन्द्र प्रमुख दुर्गादेवी भाटको अध्यक्षता, जानकी गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष खगेन्द्र भण्डारीको प्रमुख आतिथ्यता एवम भुरीगाँउ अनुगमन कार्यालय प्रमुख मधुसुदन निरौलाको विशेष उपस्थिती सम्पन्न भएको थियो । उक्त कार्यक्रममा कर्मचारीहरु माया भण्डारी र प्रमिला थारु एवम खैरीफाटाका ११० जना महिलाहरुको सहभागिता रहेको थियो ।

ग्लोबल मनि विकका अवसरमा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले हरेक वर्ष मार्च महिनामा ग्लोबल मनि विक मनाउने गरिएको छ । सन् २०१२ देखि हरेक वर्षको मार्च महिनामा अर्गनाइजेसन अफ इकनमिक कर्पाेरेसन एण्ड डेभलपमेन्टको संयोजनमा मनाउन सुरु गरिएको थियो ।

युवालाई वित्तीय ज्ञान, सीप र मनोवृत्तिका साथै व्यावहारिक रुपमा सक्षम बनाउँदै विवेकशील वित्तीय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक सम्वृद्धिमा सघाउ पु¥याउने उद्देश्यमा यो सप्ताह केन्द्रित रहँदै आएको छ । कार्यक्रममा वडा अध्यक्ष भण्डारीले ग्रामिण क्षेत्रको महिलाहरुले कर्जाको व्याजदर घटाउन माग गर्नु स्वभाविक भए पनी कर्जा तिर्दिन भन्नु जायज नभएको बताएका छन् ।

उनले बैक तथा वित्तीय संस्था विरुद्धको आन्दोलनमा सहभागि नहुन समेत अनुरोध गरे । कर्जाको सही सदुपयोग गरि आम्दानी हुने कार्य गर्न सुझाव दिनु हुदै, सदस्य तथा लघुवित्त संस्था बिच सम्बन्ध नजिक बनाउन वित्तीय साक्षरता कार्यक्रमले सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा अनुगमन प्रमुख निरौलाले ग्लोब मनि विक अन्तर्गत सञ्चालन भएका यस्ता कार्यक्रमहरूले समुदायमा वित्तीय जनचेतना बृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।